शुरु भयो काँग्रेसको राष्ट्रिय जागरण अभियान’

1478
views

काठमाडौं । नेपाली काँग्रेसले आज बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएर नेपाली काँग्रेसले सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि यो अभियान शुरु गरेको हो ।

अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा औपचारिक सभा गरेर पहिलो चरणको कार्यक्रम सुरु गरेको हो । (जेठ २५ गते) सम्म सञ्चालन हुने अभियानका लागि प्रत्येक जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ ।

कांग्रेसले १२ भाषामा जागरण गीत तयार गरेको छ। गीतको रचनाकार पार्टी प्रवक्ता शर्मा हुन्। मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा र नेपाली भाषामा गीत तयार गरिएको प्रवक्त विश्वप्रकाश शर्माले बताए ।

दोस्रो चरणको अभियान बीपी जयन्तीका अवसरमा भदौ २४ गतेदेखि सुरु भई असोज ७ गते समापन हुनेछ । तेस्रो चरण भने पुस ७ गते प्रारम्भ भई १६ गते मेलमिलाप दिवसमा समापन हुने कांग्रेसले जनाएको छ ।