म्याग्दीमा बस दुर्घटना, १५ जना घाइते

1480
views

बेनी । बेनी देखि तोरीपानी जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बेनीले जनाएको छ । बेनीबाट बेनी नगरपालिका ९ तोरीपानीका लागि छुटेको ना ५ ख नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो ।

बुधबार साँझ पाँज बजे नेप्टेचौर दे्खि तल भुतादैला नजिकबाट बस तल खस्दा १५ जना यात्रु सामान्य घाइते भएको हुन् । घाइतेहरुको सवैको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा बेनपा, ९ का यामबहादुर चोखाल, सोही ठाउँका रुद्रबहादुर चोखाल, पुस्कर शर्मा ओखले, वसन्त शर्मा ओखले, सागर बानियाँ तोरीपानी घाइते भएका छन् । घाईतेलाई उपचारकालागि बेनी अस्पताल ल्याइएको छ । वस सडकदेखी अन्दाजी ७ मिटर तल वारीमा खसेको छ ।