समुदाय प्रहरी साझेदारी कार्यक्रमः विद्यार्थीलाई प्रशिक्षण

779
views

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आर्दश अंग्रेजी आवासय माविका विद्यार्थीकाबीच सचेतनामुलक प्रशिक्षण कार्यक्रम गरेको छ ।

कुश्मा नगरपालिका स्थित श्री आर्दश अंग्रेजी आवाशिय माध्यमिक विद्यालयका कक्षा ८,९, र १० मा अध्ययनरत विद्यार्थीहरुसँग विद्यालयको सहकार्यमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालयका प्रधानाध्यापक हिम बहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले आधारभुत सुरक्षा, सामुदाय प्रहरी साझेदारीको महत्व, घरेलु हिंशा नियन्त्रण, ट्राफिक नियम सम्वन्धी, साईवर सुरक्षा तथा लागु औषध नियन्त्रण बारे जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा, अस्थायि प्रहरी चौकी कुश्मा, शिक्षक, शिक्षिका तथा विधार्थीहरु गरी करिव एकसय ३० जनाको सहभागिता रहेका थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक निर वहादुर वानिया, ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक राम वहादुर भट्ट क्षेत्रीले पनि प्रशिक्षण दिएका थिए ।