सरकारले अभिब्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति अंकुश नलगाउन माग

993
views

काठमाण्डौ । जवाफदेहिता निगरानि समिति मानव अधिकार र शान्तिको क्षेत्रमा नेपालको अग्रणी संजाल हो । यस समितिले अभिब्यक्ति र प्रेस स्वतन्त्रताप्रति सम्मान गर्न ध्यानाकर्षण गरेर एक ज्ञिज्ञप्ति प्रकाशित गरेको छ । नेपाल सरकारले अभिब्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी मिडिया काउन्सिल’ विधेयक संसदमा दर्ता गरेकोप्रति जवाफदेहीता निगरानी समितिको गम्भीर ध्यानार्कषण भएको बताएको छ ।

समितिका संयोजक चरण प्रसाईंद्वारा हस्ताक्षरीत विज्ञप्तिमा वीरगन्जमा श्रीपुर स्थित एभिन्युज टेलिभिजनको प्रदेश २ को ब्युरो कार्यालयमा गरेको तोडफोड भएको घटना र नेपाल प्रेस स्वतन्त्रतामाथि अंकुस लगाउने दुबै लोकतन्त्रको मान्यतामाथि उपहास भएको बताईएको छ ।

विज्ञप्तिमा भनिएको छ,“संचार गृहमाथि गरिने भौतिक आक्रमण तथा नियन्त्रणमुखी ऐन लोकतान्त्रिक प्रणालीमा कुनैपनि वाहानामा स्विकार्य हुन सक्दैन । नागरिकका अभिब्यक्ति स्वतन्त्रता’ सम्बन्धि आधारभुत हक अधिकार समेत कुन्ठीत हुने निश्चित भएकोले दोषिलाई कारवाही गर्न माग गरिएको छ ।

आईतबार एभिन्युज टेलिभिजनको एक कार्यक्रममा अतिथिका रुपमा निमन्त्रणा गरिएका उप–प्रधानमन्त्री तथा समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादव र कार्यक्रम संचालकबीच विवाद भएको प्रसंगमा घटना भएको आशंका पनि समितिले गरेको छ ।

मुलतः पदाधिकारी नियुक्ति तथा बर्खास्ति, बिज्ञप्तिमा विधेयकमा “जरिवाना तथा कैद एवं सरकारले निर्देशन तथा नियन्त्रण गर्न सक्ने प्रावधानले काउन्सिलको स्वयत्तता, स्वतन्त्रता तथा निष्पक्षतामा नै आँच आउने“ संयुक्त राष्ट्र संघको मानव अधिकारको विश्वब्यापी घोषणपत्र, १९४८ र नागरिक तथा राजनीतिक अधिकार सम्वन्धि महान्धिको धारा १९ को प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका विरुद्धमा रहेकोले बिधेएक संशोधन गर्न जोडदार माग गरेको छ ।