नगरपालिकामा तालावन्दी, नगरपालिका भन्छ ‘अराजक गतिविधि’

862
views

सीताराम थापा
बागलुङ । जिल्लाको बागलुङ नगरपालिकामा अनियमितता ढिलासुस्ती, भ्रष्टाचार भएकोले सुधार गर्न भन्दै नेकपाका जिम्मेवार जिल्ला नेता कृष्ण पाठकको नेतृत्वमा नगरपालिकामा तालाबन्दी गरेका छन् ।

टोलीले बुधबार बागलुङ नगरपालिकाको कार्यालयमा तालावन्दी गरेका हुन् । नगरमा नगर प्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुवँर र लेखा फांटमा ताला बन्दी गरेको नेता पाठकले जानकारी दिए ।

नेता पाठकले भने “नगरमां जे गरे पनि हुने, अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती गर्ने, सरकारले पठाएको पत्रहरु गायब गरेर बिकास बजेट फ्रिज बनाउने र पटक–पटक नगरलाई पार्टीबाट सुझाब दिंदा अटेर गरेपछि विकल्पमा तालावन्दी गरेको बताए ।

बागलुङ नगरपालिका वडा नं.(१२ भैरवस्थान सडक कालोपत्रेको लागि आएको समपुरक बजेट ७ करोड र थप अनुदानको ३ करोड गरि १० करोड रूपैयाँ फ्रिज बनाएको आरोप नेता पाठकले लगाएका छन् ।

नगरपालिकामा तालाबन्दी लगाई रहँदा बलेवाका जनताहरु भने छुट्टै गाउँपालिकाको माग गरिरहेका छन । नगरपालिका जस्तो जनताको कार्यालयमा अराजक मानसिकता बोकेकाले मात्र तालावन्दी गर्ने नगरपालिकाको आरोप छ ।