पुर्ण सरसफाई वडा घोषणाको तयारी

1499
views

महेन्द्र जिसी । मोदी गाउपालिका वडा नं. ५ वाजुङ्गले २०७६ असोज मसान्तसम्म पुर्ण सरसफाई वडा घोषणाको तयारीमा लागेको छ । वडा स्तरिय खानेपानी, सरसफाई र स्वच्छता समन्वय समितिको वैठकले पूर्ण सरसफाई वडा घोषणाको निर्णय गरेको हो ।

मोदी गाउँपालिकाको अत्यन्त सुन्दर र पर्यटकीय स्थलको रुपमा रहेको वाजुङ्गमा सवै घरधुरी, विद्यालय सार्वजनिक स्थानहरुमा पुर्ण सरसफाइको आधारभुत सूचकहरु पुरा गरि वडालाई पुर्ण सरसफाई युक्त वडाको रुपमा विकास गर्न लागीएको छ ।

पुर्ण सरसफाई वडा वनाउनकोल ागी वडाले सवै वस्तीहरु समेटीने गरि टोल विकास समिति गठन गरि टोल विकास समितिको मूख्य कार्य नै समुदाय र विद्यालयहरुमा पुर्ण सरसफाई अभियान चलाउने र ३ महिनाभित्र सवै टोलहरु पुर्ण सरसफाई युक्त बनाउने गरि कामगर्न टोल विकास समितिलाई परिचालन तथा निर्देशन दिएको वडा अध्यक्ष दल वहादुर मल्लले जानकारी दिए ।

अभियानमा वडाको महत्वपुर्ण सहयोगीको रुपमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतले नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय जुनियर तथा युवा रेडक्रस विभाग अन्र्तगत जापानीज रेडक्रसको सहयोगमा सञ्चालन गरि रहेको अन्र्तराष्टिय युवा सहकार्य परियोजना रहेको पनि उनले जानकारी गराए ।

नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला शाखाले विगत दुई वर्षदेखि मोदी गाउँपालिकाका ३ वडाहरु वडा नं. २ देउपुर, वडा नं. ३ देउराली र वडा नै. ५ वाजुङ्गमा उक्त कार्यक्रम सञ्चालन गरिरहेको र उक्त कार्यक्रममा कार्यक्षेत्रका २४ वटा विद्यालयका वालवालिका र तिनका परिवारहरुको सरसफाई सम्वन्धि सकारात्मक बानी व्यवहार परिवर्तनगरि वडाहरुलाई पुर्ण सरसफाइयुक्त वनाउने मुख्य उद्वेश्य रहेको नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला शाखाका सभापति रुद्र वहादुर रिमालले वैठकमा वताए ।

वडालाई पुर्ण सरसफाई अभियानमा सहयोग गर्नकोलागी कार्यक्रमवाट विद्यालयमा वालक्लवहरु गठन तथा परिचालन, टोल विकास समितिलाई अभिमुखिकरण तथा कार्ययोजना निर्माकोलागी सहयोग, विद्यालयमा र समुदायमा सरसफाई सुविधा मर्मत तथा निर्माण, सर्वजनिक स्थानहरुमा डस्टविन तथा जनचेतनामुलक होर्डिङवोर्डहरु स्थापना लगायत समुदाय स्तरिय जनचेतना अभिवृद्धीमुलक गतिविधिहरु कार्यक्रममा रहेको पनि सभापति रिमालले वताए ।

वडाको सरसफाई अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोगी निकाय रेडक्रस र वडा समन्वय समितिले वडाको पुर्ण सरसफाइ रणनितिक योजना निर्माण गरि कार्यान्वयन गरिरहेको छ । साथै उक्त योजनाकार्यान्वयनको लागी रेडक्रसको चालिस हजार र वडाको एक लाख लगानीमा संयुक्त सरसफाई कोषको स्थापना गरि कोषबाट प्रत्येक टोल विकास समितिलाई सरसफाइ अभियानकोलागी दश/दश हजार रुपैया प्रदान गरिएको छ ।

त्यसैगरि समुदायको ठोस फोहर व्यवस्थापनकोलागी रेडक्रसवाट ३५ थान र मोदीगाउ पालिकाको सहयोगमा १६ थान डस्टविन हस्तान्तरण गरिएको छ । वैठकमा वडामा गठन गरिएका १० वटै टोल विकास समितिले हालसम्म गरिएका कामको प्रगति र आगामी वर्षको योजना प्रस्तुत गरीएको थियो ।

वडा स्तरिय समन्वय समितिका संयोजक तथा वडा अध्यक्ष दल वहादुर मल्लको अध्यक्षतामा सञ्चालन गरिएको वैठमा प्रमुख अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापति रुद्र वहादुर रिमाल, अतिथीहरुमा रेडक्रस पर्वत जुनियर तथा युवा समितिको संयोजक जिवन प्रसाई, जनप्रतिनिधिहरु रहेका थिए ।

वैठकमा नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला शाखाका वास अधिकृत प्रेम प्रकाश केसीले आईवाईसिपी परियोजनाको २०१८ को प्रगति र २०१९ को प्रस्तावित कार्यक्रम प्रस्तुतिका साथै वैठक सञ्चालन र पुर्ण सरसफाई अभियान सहजिकरण गरेका थिए ।