इद मनाउँदै मुस्लिम समुदाय

1558
views

पर्वत । मुस्लिम समुदायले आज आफ्नो महान् पर्व इद उल फित्र देशभर धूमधामका साथ मनाइरहेका छन् । एक महिनासम्म दिनभर पानीसमेत नखाइ व्रत बसेका मुस्लिम समुदायले अन्तिम दिन इद उल फित्र मनाउने गर्छन् ।

चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले बुधबार नै बिदा दिन सरकारलाई अनुरोध गरिएको मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले जानकारी दिए ।

उक्त पर्वका अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबारै सूचना निकालेर इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको हो । यसअघि प्रदेश २ ले पनि बुधबार प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरिसकेको छ ।