मोदीखोला जलविद्युत आयोजनामा भारतीय कर्मचारी हटाउन माग गर्दै स्थानीय कर्मचारी आन्दोलित

3562
views

निर्मल पौडेल
पर्वत । पर्वत जिल्लामा निर्माणाधीन तल्लो मोदीखोला जलविद्युत् आयोजना (मोदी ईनर्जी लि.) मा स्थानीय कर्मचारीले बाह्य (भारतीय) कर्मचारी हटाउन माग गरेका छन् ।

जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले भारतीय कर्मचारी हटाउन माग गर्दै स्थानीय कर्मचारीलाई स्थायी जागिरको नियुक्ति माग राखेर आन्दोलन गरेका हुन् ।

आन्दोलनलाई अखिल नेपाल ट्रेड युनियन महासंघ पर्वतले सर्मथन गर्दै स्थानीयलाई वेवास्था गरी एकलौटी रुपमा विदेशी कामदाहरुलाई आवश्यक सीप सिकाई भर्ना गरेको र स्थानीय कर्मचारीलाई काम सिक्न पाउने अधिकारमा निषेध गरी वाह्य कर्मचारी भर्ना गरेकोप्रति आपत्ति जनाएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ पर्वतले स्थानीय कर्मचारी तथा उनीहरुका जायज मागहरुलाई संबोधन गरी दीर्घकालिन रुपमा निराकरण गर्न माग गर्दै महासंघका अध्यक्ष विक्रम ढुंगानाले एक प्रेस वक्तव्य जारी गरेका छन् ।