रेडियो पर्वतमा आगालागी, करिव ३० लाखको क्षति

1029
views

निर्मल पौडेल
पर्वत, २९ जेष्ठ । जिल्लाको पहिलो सामुदायिक रेडियो पर्वतको कार्यालयमा विद्युत सर्ट भएर गएराती आगालागी भएको छ । १ वजेको समयमा भएको आगालागीबाट रेडियोका महत्वपूर्ण सामाग्रीहरु जलेका छन् ।

आगालागीबाट रेडियोको ट्रान्समिटर सहित ७ वटा कम्प्युटर, दुई थान मिक्सचर, हाईव्रिड, टिभी सेट, टेलिफोन लगायत सम्पुर्ण सामाग्री सहित करिव ३० लाख भन्दा वढीको क्षति भएको रेडियोका स्टेसन म्यानेजर शंकर शर्माले अनुमानित जानकारी दिए ।

आगालागी भएको थाह भएपछी रेडियोका कर्मचारी, स्थानिय र प्रहरीको सहायतामा २ वजे आगो नियन्त्रणमा लिएको थियो ।

रेडियोमा आगालागी भएपछि प्रशारण सेवा विहानै देखी पुर्ण रुपमा वन्द भएको छ । आगालागीले रेडियो सञ्चालित घरको ३ वटा कोठामा समेत क्षति भएको छ ।

विद्युत जडान गरिएको स्वीचवक्समा समस्या भएका कारण विधुत सर्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।