बुलेरो जिप दुर्घटना, चारजना गम्भिर

961
views

जितेन्द्र थापा
दैलेख, २ असार । सुर्खेतदेखि दैलेखको ठाँटिकाँध गाउँपालिको वडा नं–३ बहाकोटतर्प जादै गरेको बुलेरो जिप मौभरी हुँदै गैरागाँउ गन्तव्य स्थान नजिकै पुग्ने क्रममा बहाँकोट नजिकै दुर्घटनामा परेको छ । दुर्घटनामा परि जिपमा सवार चारजना गम्भिर घाईते भएका छन् ।

भे १ च २९९० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ठाँटिकाँध गाउँपालिका–४ का सुरत बहादुर शाही, बमबहादुर शाही, गाडी मालिक लोकेन्द्र शाही र चालक भरत बिस्ट घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर दुईजनालाई हेलिकप्टर मार्फत सुर्खेत लैजाने तयारी भैरहेको छ । अन्य घाईतेहरुको सामुदायिक स्वस्थ इकाई बहाँकोटमा उपचार भैरहेको स्वास्थ्यकर्मी भगवति मल्लले वताइन् ।

चालक सहित ९ जना सवार रहेको जिप सडक देखि करिब ५०० मिटर तल खसेको बताइएको छ ।