भद्रकालिमा रगत बगाउनेको आत्मदाह गर्ने चेतावनी

प्रधानमन्त्री र गृहमन्त्रीको तस्विरमा रगतको बली

1271
views

काठमाडौं, २ असार । राजधानीको भद्रकालीमा रगत पोख्नेले आत्मदाहको चेतावनी दिएका छन् । राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आत्मदाहको चेतावनी दिएका हुन् । राष्ट्रिय स्वयंसेवकले ३२ जेष्ठमा भद्रकालीमा पाँचसय लिटर राँगाको रगत बगाएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वयंसेवकका केन्द्रीय संयोजक श्रीराम घिमिरेले भ्रष्टाचार, बेथिती र विसंगतिविरुद्ध आवाज उठाउँदा सरकारले बल प्रयोग गरिरहे आत्मदाह गर्ने चेतावनी दिएका छन् । उनले भने,‘हामी आन्दोलन चर्काउँदै आत्मदाहसम्म पुग्छौं ।’ आफूहरु हिन्दुवादी र राजावादी दुवै नभएको भन्दै जनजीविकाका सवालमा आन्दोलन गरिरहेको बताए ।

उनले नेपालमा कृषि प्रधान देश रहेकाले देशमा भएका प्रत्येक किसानले सुखि र समृद्धिको अनुभूति हुने गरि नेपाल परिवतन गर्ने प्रतिवद्घता व्यक्त गरे । आफुहरुको कुनैपनि आन्दोलन हत्या हिसांमा संलग्न नभएको तर, देश र आम जनताको निमित आफुहरुनै आत्माघाती बनेर अगाडि बढ्ने बताए । घिमिरेले प्रधानमन्त्री र गृहमन्त्रीको तस्वीरमा रगतको बली चढाएर सांकेतिक विरोध गरे ।

भद«कालीबाट नेपाल स्वयंम सेवकका १० जना अभियान्तालाइ प्रहरीले पक्राऊ गरेकोमा विरोध जनाउँदै केन्द्रीय अभियन्ता विमल खत्रीले आफूहरुका बारे गलत हल्ला फैलाएर आन्दोलनलाई कमजोर पार्न खोजेको आरोप लगाए ।

कार्यक्रममा स्वयंसेवक नेपालकी सफलता बोगटीले आन्दोलनका कार्यक्रम देशका कुनाकाप्चासम्म पु¥याउने बताइन् । उनले आफूहरुको मागमध्ये देशमा रहेका आर्थिक र राजनिति भित्र रहेका भ्रष्ट्रचारी अनियन्ताको विरुद्घ बलियो अर्थतन्त्र सुदृढ राष्ट्रियता समानुपातिक न्याय प्रणाली र समावेशी न्याय प्रणाली र लोक कल्याणकारी निर्माणका लागि नेपालमा २० रोपनी भन्दा कम जग्गा जमिन भएका किसान परिवारलाई मल बिउ विजनको निशुल्क व्यवस्था गरिनु पर्ने, वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाएका प्रत्येक मृतक परिवार लाई २० लाख सम्मको क्षतिपूर्ति को व्यवस्था गरिनुपर्ने अगं भङ्ग भएकाहरुलाई राज्यले उनीहरुलाई स्वाथ्य उपचार शिक्षा र रोजगारीको पूर्ण ग्यारेन्टि लिनुपर्ने उल्लेख गरिन् ।

राष्ट्रिय स्वयंमसेवक नेपालका अभियन्ताहरु सरिता पण्डित, गायत्री दाहाल, अभियन्ताहरु केशव प्रसाद उपे्रती पुरुषोत्तम गजुरेल र सुदिप गजुरेलले कडा आन्दोलनको विकल्प नभएको बताएका थिए ।