महिला बेरोजगारी हटाउन सिपमुलक तालिम

773
views

महेश सिंह महतो
सिरहा । महिलाहरुलाई रोजगार बनाउन सिरहाको भोटियाटोलमा एकदिने सिपमुलक तालिम सम्पन्न गरेको छ । दक्षिण एसिया भारत, बग्लादेश, जपान, नेपालमा धानबालीपछि खाली जमिनमा दलहन बाली सघनिकरणद्वारा खाद्य तथा पोषण सुरक्षा र जिविकोपार्जनमा सुधार ल्याउन महिलाहरुलाई मुसुरो दालबाट बन्ने विभिन्न किसिमको परिकारहरु बनाउने एकदिने सिपमुलक तालिम दिईएको हो ।

एकदिने दलहन बालीको मुसुरोबाट बनाउन सकिने परिकारहरु मध्ये विशेष महत्वको साथै दालमोठ, निम्किन बनाउने तरिका सिकाइएको थियो ।

फर्वाड नेपालको आर्थिक सहयोग रहेको तालिममा ३२ जना महिलाहरुको सहभागीता रहेको फर्वाड नेपालका जिल्ला प्राविधिक अधिकृत सुदर्शन बिष्टले जानकारी दिए ।

कार्यक्रममा फर्वाड नेपालका प्रतिनिधि सरिता चौधरी, लक्ष्मी चौधरी लगायतका सहयोगीहरुको सहभागिता रहेको बिष्टले जनाए । गाउँका बेरोजगार महिलाहरुको सिप सिक्न सक्रिय सहभागीता रहेको थियोे ।