बझाङमा जीप दुर्घटना, ९ को मृत्यु, चार घाइते

361
views

धनगढी । बझाङ सदरमुकाम चैनपुरको डुङग्री भन्ने स्थानबाट मष्टा गाउँपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन्

जीप सडकदेखि दुईसय मिटर भीरमा खसेकाले घाइतेहरूको उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । भीरबाटै पनि चार जनाको उद्धार गरिसकेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी सुरज केसीले जानकारी दिए ।

जीप भीरमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घाईतेहरुलार्य हेलिकप्टरबाट अस्पतालसम्म र्पुयाउने प्रयास भइरहेको छ ।