नेष्डो नेपालको २५ औं स्थापना दिवसः सहयोग नै सहयोग

1479
views

महेन्द्र जिसी
पर्वत । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले २५ औं स्थापना दिवस एवम् रजत वर्ष, २०७६ को शुभारम्भ समारोह सम्पन्न भएको छ । आज भन्दा २५ वर्ष पहिले सामाजिक अभियान्त विश्व प्रकाश प्रसाईको पहलमा पर्वत जिल्लाको वाजुङ गा.वि.स. मा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको स्थापना गरेका थिए ।

संस्था स्थापनाको अवसरमा संस्थाले ३ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी अन्तिम दिन मुल समारोहको आयोजना गरेको हो । संस्थाको २५ औं स्थापना दिवस तथा रजत वर्ष शुभारम्भको अवसर पारी रोटरी एम्वुलेन्स सेवाको समेत शुभारम्भ गरिएको थियो ।

एम्बुलेन्स सेवा सञ्चालन

नेष्डो नेपाल तथा अमरिटिका प्रतिष्ठान, नेपालको आर्थिक साझेदारीमा रोटरी क्लव अफ पर्वतद्वारा सो एम्वुलेन्स सञ्चालन गर्न लागिएको छ । समारोहमा संस्थाका संस्थापक अध्यक्ष प्रसाई, सञ्चालक सदस्य होम वहादुर पुर्जा पुनले रोटरी क्लव अफ पर्वतका अध्यक्ष सावित्री खत्री क्षेत्री लगायत पुर्व अध्यक्षहरुलाई चाबी हस्तान्तरण पश्चात एम्वुलेन्स सेवाको औपचारिक शुभारम्भ गरिएको हो ।
स्थापना दिवसमा सहयोग

रोटरी एम्वुलेन्स सेवाको दिगो सञ्चालनको लागि रु ५१ हजार अक्षय कोष सहयोग, पर्वत जेसिजलाई रु ३५ हजार सहयोग, हालै विद्युत सर्ट भई आगो लागीमा परेको रेडियो पर्वतलाई रु १५ हजार सहयोग, व्रम्हाकुमारी राजयोग प्रशिक्षण केन्द्र, कुश्मा शाखालाई रु १० हजार सहयोग गर्नुका साथै पाङ, चुवा र थापाठाना स्थायी वसोवास गरी हाल विभिन्न अस्पतालमा उपचार गराई रहेका दिर्घ विरामीहरुलाई जनही रु १० हजारको दरले रु ३० हजार उपचार सहयोग हस्तान्तरण गरिएको छ । यसै गरी समारोहमा संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको तर्फवाट पर्वत जेसिजलाई रु १० हजार, लायन्स क्लव अफ भुमेकोटलाई रु १० हजार, रोट्याक्ट क्लव अफ पर्वतलाई रु १० हजार, रोट्याक्ट क्लव अफ पर्वत पोखरालाई रु १० हजार, स्थानीय वालमन्दिर प्रा.वि. लाई रु ७ हजार ५ सय र गुप्तेश्वर वेदवेदाङ पाठशालालाई रु ५ हजार सहयोग गरिएको थियो ।

नेष्डोद्वारा सम्मान
यसै गरी संस्थाले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ । विशेष गरी भ्रमण वर्ष २०२० को पुर्व सन्ध्यामा संस्थाले विभिन्न क्षेत्रवाट पर्वतलाई परिचित गराउन योगदान गरे वापत ७ जनालाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा कुश्मा ज्ञादी झोलुङ्गे पुल, निर्माण समितिका अध्यक्ष शिव शर्मा पौडेल, कुश्मा वलेवा यान्त्रिक पुलका अध्यक्ष होम नारायण श्रेष्ठ, पर्यटन व्यवसायी नन्दु पुन, कुश्मा वलेवा झोलुङ्गे पुल, निर्माण समितिका अध्यक्ष मिन प्रसाद श्रेष्ठ, कुश्मा मुडिकुवा झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष वालकृष्ण तिवारी, कुश्मा खरेह ज्ञादी अधिकारी फाँट झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष नारायण शर्मा अधिकारी र निर्माणधिन एशियाकै ठूलो साहशिक खेल वन्जिपुलका अध्यक्ष राजु कार्की रहेका छन् ।