प्रहरी कर्मचारी समायोजन विधेयकमा काँग्रेस सांसदको आपत्ती

766
views

काठमाडौ । प्रदेश सरकारसँग छलफल नै नगरी सरकारले प्रहरी कर्मचारी समायोजन विधेयक ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले आपत्ती जनाएका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसदहरुले सरकारले ल्याएका कानून सरोकारवालासँग छलफल नगरि ल्याएका कारण विवादमा पर्ने गरेको बताए । उनीहरुले आवश्यक दरबन्दी तय नगरी प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीमा समायोजन नगर्न माग गरे ।

सत्तारुढ नेकपाकी सांसद रेखा शर्माले भने संविधान बमोजिम प्रहरी कर्मचारी समायोजन गर्न सो विधेयक आएको भन्दै सरकारको बचाउ गरिन् । प्रहरी कर्मचारीलाई पनि नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्नका लागि सरकारले ल्याएको सो विधेयकमाथि समितिमा दफावार छलफल सुरु भएको छ ।