बाग्लुङ्गमा बन्दको पुर्ण प्रभाव, शंकास्पद वस्तु फेल

548
views

सीताराम थापा
बागलुङ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपाले आव्हन गरेको आजको बन्दले बाग्लुङ्ग जिल्लामा पूर्ण प्रभाव पारेको छ । बाग्लुङ्गमा बजारका पसल, यातायात, शिक्षण संस्था ठप्प भएका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर–२ श्रीनगर टोलमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

नेपाल बन्दलाई सफल बनाउन शंकास्पद वस्तु राख्दै आएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाली सेनाको ब्यारेक नजिकै शंकास्पद वस्तु राखेपछि त्रासदिपुर्ण वातावरण बनेको छ ।

बागलुङबाट चल्ने लामो दुरी र छोटो दुरीको सवारीसाधन नचल्दा गन्तव्यमा पुग्ने यात्रु मर्कामा परेका छन् । भने बिधालयको पठनपाठन ठप्प भएको छ ।