एसईईको नतिजा आज सार्वजनिक हुने

841
views

काठमाडौँ, १२, असार । गत २०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा बिहीबार सार्वजनिक हुने भएको छ ।

परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए ।

बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।