न्यूजल्याण्डसँगको खेलमा पाकिस्तान ६ विकेटले विजयी

574
views

पर्वत । विश्वकप क्रिकेटको बुधबार राति भएको न्यूजल्याण्ड विरुद्धको खेलमा खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको छ । विश्वकप क्रिकेट २०१९ मा एक खेल पनि हार नबेहोरेको न्युजल्याण्ड पाकिस्तानसँग हार बेहोर्नु परेको हो ।

पहिले टस जितेर व्याटिङ्ग रोजेको न्यूजल्याण्डले निर्धा्रित ५० ओभरको खेलमा पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा २ सय ३७ रन जोडन सफल भएको थियो ।

२ सय ३८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तानले निक्कै कठिनका साथ जित निकालेको हो । पाकिस्तानलाई जितका लागि १ रन आवश्यक रहँदा उसँग १ ओभर मात्र बाँकी थियो भने ४ विकेट गुमाएको थियो ।

पाकिस्तानले ५० ओभर पुरा हुन पाँच बल बाँकी छदा जित निकालेको हो । जितसँगै पाकिस्तानको सेमीफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ ।