वडाध्यक्षहरूले लगाए पोखरा महानगरको कार्यालयमा ताला

704
views

पोखरा । पोखरा महानगरपालिकामा बजेटमा असन्तुष्ट भएका वडाध्यक्षहरुले ताला लगाएका छन् । वार्षिक बजेटको विषयमा असन्तुष्ट जनाउँदै कांग्रेस निकट जनप्रतिनिधिहरुले बिहीबार महानगरपालिकाका मेयरले प्रस्तुत गरेको बजेट समानुपातिक नभएको भन्दै तालान्दी गरेका हुन् ।

वडाध्यक्षहरूले बिहीवार महानगरपालिकामा ताला लगाएर धर्ना दिएका छन् । महानगरले पाँचौ नगर सभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेड बुक) र मेयर मानबहादुर जिसीको अभिव्यक्ति सच्याउनु पर्ने उनीहरूले माग छ । वडा अध्यक्षहरुले रातो किताब च्यातेर विरोध गरेका पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङले आरोप लगाए।

पोखरा महानगरका मेयर मानबहादुर जिसीका सामु ११ वडाध्यक्षसहित ४८ जनाले रेडबुक च्यातेर फ्यालेका हुन् । ‘कुनै वडामा अत्याधिक धेरै छ । कुनै वडामा अत्यन्तै न्यून छ,’ वडाध्यक्षहरुले भने, ‘विषयगत रुपमा बजेट ल्याउँछौं भनेर सबै बजेट पूर्वाधारमा थुपारिएको छ ।’ पोखरा वडा नम्बर १६, १७, २४, १८९ लगायतका वडामा अध्याधिक बजेट परेको वडाअध्यक्षहरुको भनाई छ ।

बजेटको सिलिङमा कसैलाई काखा र कसैलाई पाखा गरिएको छ । सबैभन्दा बढी राजश्व उठ्ने ठाउँलाई पनि बजेटले उपेक्षा गरिएको गुरुङले आरोप लगाए । पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको थियो ।