रमाइलोका लागि काँटी घोचेको हुँ–सुई आतंककारी

691
views

काठमाडौं । उपत्यकामा ‘सुईआतंक’ मच्चाउने रामेछापका सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । बिहीबार राति महाराजगन्जबाट पक्राउ रेका कार्कीले अपराध स्वीकार गर्दै रमाइलोका लागि त्यस्तो गरेको बयान दिएका छन् ।

उनले आफ्नो यस कृत्यले यस्तो रूप निम्त्याउला भन्ने नसोचेको पनि बताएका छन् । पाँच वर्ष दुबई बसेर फर्किएका सन्तोष महाराजगन्जमा होटेल सञ्चालन गर्दै आएका छन् ।

राति करिब १० बजेको आसपासमा होटेल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा फर्कने क्रममा एकान्तमा एक्लै भेटिएका युवतीमाथि सो कुकृत्य गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । तर, कार्कीले युवतीहरूमाथि सुई नभई काठको सुइरो तथा काँटी प्रयोग गरेको बयान दिएका छन् । तर, प्रहरी सो कुरा स्वीकार गर्न तयार छैन ।

प्रहरीले घटनामा प्रयोग भएको बा.४७ प १३३१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।