ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा तीनको मृत्यु

401
views

लहान– पूर्वपश्चिम राजमार्ग लहान नगरपालिका –११, पडरियामा आज दिउँसो ट्रकले म्याजिक भ्यानलाई पछाडिबाट ठक्कर दिँदा भ्यानमा सवार तीनजनाको मृत्यु भएको छ । म्याजिकमा सवार सात जना यात्रु घाइते भएका छन् ।

लहानबाट यात्रु बोकेर पश्चिमतर्फ गइरहेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानलाई सोही दिशातर्फ गइरहेको ना ८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिए हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायव निरीक्षक मनोज कुमार चौधरीले दुर्टनामा परि म्याजिक भ्यानमा सवार दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन् ।