फ्लोरमा ‘आमा’

1178
views

काठमाडौं । निर्देशक दीपेन्द्र खनाल निर्देशित नयाँ फिल्म ‘आमा’ को शुभमुहुर्त गरिएको छ । पशुपति प्रसादजस्तो उत्कृष्ट फिल्म बनाईसकेका खनालले ‘आमा’ दर्शकको मनमनमा बस्ने विस्वास लिए ।

सोमबार शुभमुहुर्त गरिएको फिल्मको छायाँकन पनि सोमबारबाटै शुरु गरिएको छ । नेपालमा यो टाइटलमा बन्न लागेको यो तेस्रो फिल्म हो । ‘आमा’ नेपालको पहिलो फिल्म हो भने त्यस पश्चात गोपीकृष्ण मुभिजले शिव श्रेष्ठ, सरोज खनाल, विपना थापा, पूजा चन्द शुभद्रा अधिकारीलाई लिएर आमा टाइटलमा बर्षौ अघि अर्को पनि फिल्म बनाएको थियो ।

‘आमा’ फिल्मको कथा निर्देशक दीपेन्द्रले नै लेखेका हुन् भने निर्देशक खनाललेनै नै यस फिल्मलाई खिच्दैछन् ।

शर्मिला पाण्डेको निर्देशन रहेको फिल्मको सह निर्मातामा सन्तोष अधिकारीको नाम रहेको छ । फिल्ममा सूर्यमाला खनाल, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायत कलाकारहरुको अभिनय रहनेछ । फिल्म आउँदो फागुन ९ मा प्रर्दशनमा आउँनेछ ।