बाजुरामा जीप दुर्घटना, २ को मृत्यु, ११ घाइते

514
views

बाजुरा । जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको कर्णाली करिडोरअन्तर्गत जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज भएको जीप दुर्घटनामा परिी २ जनाको को मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । क १ ज २१ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएपी उद्धवसिंह भाटका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका ६ बस्ने २५ वर्षीय रामबहादुर शाही र कालिकोट घर भएका जीप चालक २७ वर्षीय रमेश बोगटी रहेको प्रहरीले जनाएको छ ।

जीपमा सवार १५ जनामा २ जना सकुशल भएको प्रहरीले बताएको छ । जीप उकालोमा चढ्न नसकेर सडकबाट ५० मिटर तल खसेको बताइएको छ । घाइेलाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याइँदै छ ।