धनगढी बम विष्फोटः एक जनाको मृत्यु, घाइते ४ जनाको उपचार जारी

1071
views

कैलाली । कैलालीको धनगढीस्थित सहिद गेटमा रहेको निलम होटलमा बिहीबार साँझ भएको बम विस्फोटमा परी घाइते भएका राम सिंहको मृत्यु भएको छ । घाईते बझाङका राम सिंहको उपचारका क्रममा गएराति मृत्यु भएको हो । विष्फोटामा परिी घाईते थप चार जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटमा होटल सञ्चालक धनगढी–४, बोराडाडीका केशवराज पाण्डे, कञ्चनपुरको बलौरी–५ का लक्ष्मण सेरला, ठेगाना नखुलेका मोबिन खान र जितेन्द्र यादव घाइते भएका थिए । प्रहरीले विस्फोट भएको स्थानवाट एउटा पेस्तोल पनि बरामद गरेको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

शुरूमा सिलिण्डर बिस्फोट भनिएपनि सो स्थानमा बम बिस्फोट भएको आशंका गरिएको छ । घटनामा नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाको सग्लनताको आशंका गरिएको छ । तर सो समूहले आफुहरूको कुनै हात नरहेको स्पष्ट पारेको छ ।