गुडिरहेको बसले ठक्कर दिँदा पैदल यात्री गम्भिर

615
views

महेन्द्र जिसी
पर्वत । कुश्मा वाग्लुङ राजमार्गमा सवारीले पैदल यात्रुलाई ठक्कर दिँदा एक पैदल यात्री गम्भीर गाईते भएका छन । कुश्मा नगरपालिका–१ का स्वरुप बोटेलाई ग १ ख ६००४ नं को बसले ठक्कर दिएपछि बोटे घाईते भएका हुन ।

बुधबार विहान कुश्मा बागलुङ सडकखण्ड अन्त्रगत पर्ने मालढुङ्गामा बसले ठक्कर दिएको हो । घाईतेको धौलागिरी अंचल अस्पताल बागलुङमा उपचारका लागि पठाईएको पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

अवस्था गम्भीर भएका कारण सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको रायमाझीले बताउनु भयो । सवारीको गती तिब्र भएका कारण पनि घाईते गम्भीर भएको स्थानीयले जनाएका हुन ।