धर्म परिवर्तन गराउँदै हिड्ने ३ विदेशी नागरिक पोखराबाट पक्राउ

703
views

राजेन्द्र सुवेदी
पोखरा, ८ साउन । धर्म परिवतृन गराउँदै हिड्ने ३ जनालाई पोखराबाट पक्राउ गरिएको छ । पोखराका विभिन्न ठाउँबाट प्रलोभन देखाएर धर्म परिवर्तन गराउँदै हिँड्ने ३ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट बाईबल तथा क्रिश्चियन धर्मसँग सम्बन्धित प्रचार सामग्रीहरु समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले पासपोर्ट नं. टि.के ५१५३२४१ का जापान नागरिक ३७ वर्षीय जिरो सेकिया र जापानकै पासपोर्ट नं. टि.के. ५१५३२४२ का रेइको सेकियालाई पोखरा ७ रत्नचोकबाट र सोमबार पासपोर्ट नं. एम ३७४३६२०५ भएका कोरियन नागरिक ७३ वर्षीय चो युसांगलाई पक्राउ गरेको छ ।