बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठद्वारा आत्महत्या

587
views

पर्वत, १२, साउन । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट हामफालेर उनले आत्महत्या गरेका हुन् ।

‘सपिङ सेन्टरको रेलिङमा चढेर हाम फालेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर भएको थियो’, ‘त्यहाँबाट उपचारका लागि पिपुल्स हस्पिटलमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।’

यसअघि ३ साउनमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा मुछिएका पूर्वसह–सचिव रामबहादुर पाण्डेले पनि त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।

श्रेष्ठको पर्वत फलेवास नगरपालिका वडा नं ६ देबिस्थान घर हो । सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन खरदार समेत रहेका नेपाली कांग्रेसका सचिव श्रेष्ठ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको छ । उनी नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिमा सचिव पदमा मनोनित भएका थिए ।