डिएसपी साव ! गाँजाको बोट जलाउने कि पुलबाट फ्याँक्ने ?

963
views

पर्वत । प्रहरीले लागुऔषधजन्य चारसय गाँजाका बोट सम्बन्धित ठाउँमा नष्ट नगरी नेपालकै अग्लो पुलबाट मोदीमा फालेको छ ।

पर्वतको कुश्मा नगरपालिका वडा नं–९ कटुवाचौपारीबाट विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिइएका चारसय गाँजाका बोटहरु नष्ट गरेको हो ।

गाउँमा आफै झाँगिएका चारसय गाँजाका वोटहरु नष्ट गरेको प्रहरी निरिक्षक राजन रायमाझिले पुष्टि गरे ।

प्रहरी नायव निरीक्षक होम राना, प्रहरी सहायक निरीक्षक अर्जुन पौडेल, अस्थाई प्रहरी पोष्ट कुश्माका प्रहरी सहायक निरीक्षक राधेश्याम चौधरी समेतको प्रहरी टोली तथा कुश्मा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कृष्ण लामिछानेको उपस्थितिमा गाँजाका वोटहरु नष्ट गरिएको थियो ।

लागुऔषधजन्य मानिएका गाँजाका बोटहरु नियन्त्रण गरी नेपालकै अग्लो झोलुङ्गे पुलबाट मोदीमा फ्याँक्नु भन्दा जलाईनुपर्ने तर पुलबाट फ्याँन नहुने स्थानीयको भनाई छ ।