बाँदर आक्रमणबाट कटुवाचौपारीका पौडेल घाईते

2697
views

पर्वत । कुश्मा नगरपालिका–९ कटुवा चौपारीका ७५ बर्षिय शेषकान्त पौडेललाई बाँदरले आक्रमण गरेपछि चार ठाउँमा टाँका लगाइएको छ ।

आफ्नै घर नजिकैको बारीमा रहेको टुनिको रुखमा रहेको बाँदरले रुखबाट झरेर पछाडीबाट एक्कासी आक्रमण गरेपछि उनी घाईते भएको पौडेलका भाईका छोरा शिरिष पौडेलले बताए ।

पौडेलको पिडौंलामा बाँदरको आक्रमणबाट गहिरो चोट परेकोले चार ठाउँमा टाँका लगाइएको जिल्ला अस्पताल पर्वतका अहेव विजय घर्तिमगरले पुष्टि गरे ।

बाँदरले आक्रमण गरेको र घाउ ठूलो भएकोले ८÷९ दिनमा टाँका फुकाउने गरी एक महिनामा पुरा हुने रेबिजको सुई लगाइएको घर्तिमगरले बताए ।

पछिल्ला वर्षमा गाउँमा बाँदर आतंक बढ्दै गएको छ । हिउँदमा बाँदरले मकैखेती नष्ट गरेपछि पर्वतका किसानहरुले मकै खेती लगायतका नगदेवालीहरु लगाउन छाडेका छन्

स्थानीय सरकारले बाँदर आतंक नियन्त्रणमा चासो नदेखाउँदा खेती नष्टदेखि बाँदरबाट कुटपीटसम्मको घटना घटेको छ ।