लाहाचोकमा लागु औषध नियन्त्रण कार्यक्रम

759
views

गोबिन्द तिमिल्सिना
हेमजा, २३ साउन । सामुदायिक प्रहरी सेवा एवं सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा माच्छापुच्छ्रे गाँउपालिका– ४ लाहाचोकमा रहेको महेन्द्र मा.वि.मा बिहीबार लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय बगरका प्रहरी निरिक्षक दिपक थापाले कार्यक्रम फलदायी हुनुपर्ने बताउदै अपराधको मुख्य कारण भनेको लागु औषध भएको बताए । उनले भने साथी सगींको लह–लहैमा लागेर लागु औषध दुब्र्यसनिमा फस्ने भनेको किशोर अबस्था भएकोले विद्यार्थी जीवनमा नै सचेत हुन आग्रह गरे ।

कार्यक्रमका विद्यालयका प्राचार्य गोबिन्द अधिकारीले कार्यक्रम आयोजना गरेकोमा सेवा केन्द्रलाई धन्यवाद दिदै विद्यार्थीलाई सचेत बनाउन अभिभाबकको मुख्य भुमिका रहने बताए । प्रहरी नायब निरिक्षक विद्याधर त्रिपाठीले सहजिकरण गरेको कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्यनरत ७५ जना विद्यार्थीहरुको सहभागिता थियो ।

सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य एवं कार्यक्रम संयोजक बसन्त बास्तोलाले र सञ्चालन महासचिव उत्तम जोशीले गरेका थिए ।