समुदाय–प्रहरी साझेदारी कार्यक्रम

637
views

पर्वत । समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरीसंग एकदिने कार्यक्रम गरिएको छ । कुश्मा नगरपालिका–४ मा रहेको कालीगण्डकी एकेडेमीमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीले जिल्ला प्रहरी कार्यालय पर्वतको अवलोकन तथा भ्रमण गरेका छन ।

विद्यार्थीले जिल्ला प्रहरी कार्यालयभित्र रहेका अपराध अनुसन्धान, प्रहरी कार्य तथा विशेष शाखा, हिरासत कक्ष, महिला बालबालिका तथा ज्येष्ठ नागरीक सेवा केन्द्रको अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा विद्यार्थीहरुले राखेका अपराध, अनुसन्धानसँग सम्वन्धित जिज्ञासाहरुमा प्रहरी निरीक्षक राजन रायमाझीले प्रष्ट पारेका थिए ।

अवलोकन भ्रमण कार्यक्रमको सिलसिलामा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले विद्यार्थीसाग भेटघाट गरी विद्यार्थीको मनोभावना एवम् प्रहरी प्रतिको सोचाई, घरेलु एवम् सामाजिक अपराध न्युनिकरणमा विद्यार्थीहरुको भुमिका, डायल १००, साईबर अपराध, ट्राफिक नियम एवम् राजमार्गमा हिड्दा अपनाउनु पर्ने तरिकाहरुको विषयमा जानकारी दिएका थिए ।

उक्त अवलोकन भ्रमणको सहजिकरण यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षक राजन रायमाझी, प्रहरी नायव निरीक्षक मोहन कुमार खड्का, प्रहरी सहायक निरीक्षक अर्जुन पौडेल र कमल बस्यालले गरेका थिए ।