सत्तारुढ नेकपामा नयाँ समिकरण

711
views

सीताराम थापा । सत्तारुढ नेकपामा नयाँ धुव्रीकरण देखा परेको छ । पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ । नेताहरुले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन् ।

साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समिकरण निर्माण भएको हो । मर्यादाक्रममा माधव नेपाल लाई तेश्रो राखेपनि उनको समुहगत रहेको छ ।

यता बामदेब गौतम उपाध्यक्षमा प्रश्ताब भएपछि अरु उपाध्यक्षहरु अष्टलक्ष्मि शाक्य, भिम रावल र यता पुर्व माओवादी खेमाबाट पनि सचिवालयमा सहभागिताको लागि माग र लबिङ सुरु भएको छ । नयाँ समिकरण बारे आ–आफ्नो बुझाई माग र तर्क रहेको छ ।