नेकपा विवादको सुरुवात, प्रदेश २ का अध्यक्ष प्रभु साहले दिए पदबाट राजीनामा

697
views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले काम गर्न नेतृत्वबाट निरन्तर असहयोग भएपछि पदबाट राजीनामा दिएको बताएका छन् । साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएका हुन् ।

प्रदेश २ को अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न नेतृत्वबाट निरन्तर असहयोग भएको भन्दै राजीनामा दिएको साहका निजी सचिव निभेष कुमारले जानकारी दिएका छन् ।

साहले प्रदेश सदस्य चयन हुँदा आफूसँग सल्लाह नगरेको, सर्वसम्मत चयन गरेको जिल्ला कमिटीको तोकिएको सपथ ग्रहण माधव नेपालको विरोधका कारण प्रचण्डले रोकेको, जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण नेताहरूकै विवादका कारण रोकिएको, लगातार असहयोग र घेराबन्दी भएको आरोप लगाएका छन् ।