सिंहदरबारमै कर्मचारी मृत भेटिए

1392
views

काठमाडौं, ३, भदौ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । सुब्बा बच्चु केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ ।

आत्महत्याको विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले बताए ।