रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश

565
views

चितवन । संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की (अस्मिता) अनुसन्धानका लागि चितवन जिल्ला अदालतले ५ दिन म्याद थप गरेको छ ।

जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

अघिल्लो पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले रविसहित तीन जनालाई दोस्रो म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस गरेका छन् । प्रतिवादीका तर्फबाट अधिबक्ताहरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गरेका थिए । उनीहरुलाई शालिकराम पुडासैनी आत्महत्या दुरुसाहन मुद्दामा अनुसन्धान भइरहेको छ ।