बुर्तिवाङमा उपचार सम्भव नभएकी गर्भवति महिलाको निधन

697
views

सीताराम थापा
बाग्लुङ । बागलुङको बुर्तिवाङको स्वास्थ्य उपचार गरि थप उपचारार्थ हेलिकप्टरबाट मंगलबार पोखरा पुराईएकी गर्भवती महिलाको दुःखद निधन भएको छ ।

अचेत अवस्थामा रहेकी १९ वर्षिया ईश्वरी बुढाको बुर्तिवाङ स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई अस्पतालको रिफरमा पोखरा लगिएको थियो । उनको पोखरा स्थित गण्डकी अस्पतालको आईसियु कक्षमा भर्ना गरी उपचार भैरहेको थियो ।

बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका वडा नं –६ छालहाल्ना पुरानोगाउँकी–१९ बर्षिया गर्भवती ईश्वरी बुढा बेहोस भै खतरापूर्ण स्वास्थ्य अवस्था भएपछि पोखरा लगिएको थियो ।

बुढालाई बुर्तिवाङ स्वास्थ्य केन्द्रको आग्रहमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा निःशुल्क हेलिकप्टरको व्यवस्था गरी पोखरा लगिएको विरामीका आफन्तले जानाकारी दिए । उनको आर्ईसियूमा उपचार्थ रहँदा मृत्यू भएको अस्पतालले जनाएको छ ।