कानूनमा नागरिक संवाद

2148
views

जितेन्द्र थापा
सुर्खेत । नेपाल कानुनमा नागरिकहरु संग संवाद हुन आवश्यक रहेको बताईएको छ । नेपाल कानुन समाजद्वारा सञ्चालित नागरिक संवाद कार्यक्रम वीरेन्द्रनगरमा सरकारवलाहरुले सोमबार छलफल गरेका छन् । नागरिक सरोकार संघ सुर्खेतका उपाध्यक्ष पीताम्बर ढकालले लाखौं रूपैयाँ खर्चेर बनाएको संविधान राम्रो संविधान नभएको बताए ।

अब आउने कानुनका नयाँ विद्यार्थीहरूलाई विषयगत ढंगबाट बिषय उठाएर छलफप गर्दा प्रभावकारी हुने बताएका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्लाका कुनैपनि स्थानीय तहहरुले कानुन नबनाएर मनोमानित ढंगबाट चलेका ढकालको भनाई छ ।

सत्तारुढ नेकपाका सदस्य टिकाराम शर्माले जनताका लागि बनाईएको कानुन वौद्धिक हनुपर्नेमा जोड् दिए । उनले भने कानून नयाँ पुस्ताका लागि बिशेष गरेर आवश्यक रहेकाले अबका विद्यार्थीले यस बिषयमा आवाज उठाउने, चासो राख्ने तथा बास्तवमा आफ्ना समान अधिकार बाँड्न सबैको ध्यानाकर्षण हुनुपर्ने बताए ।

यस्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टी सुर्खेतका उपाध्यक्ष अमृत रानाले नयाँ कानूनको निर्माण गर्दा सबै बिद्यार्थी, कर्मचारी, जनप्रतिनिधि, बुद्धिजिवी, समाजसेवी र पढेका व्यक्तिलाई पछाडि नपारि सबैको साथ र सयोगमा कानून बनाएमा भ्रष्टाचार पनि कम हुने बताए ।

प्रदेश सभा सचिवालयका कानून अधिकृत छैटौं राजेन्द्र पौडेलले कुनै नयाँ कानून राजपत्रमा सरकारले ऐन बनाईसकेपछि कार्यन्वयनमा आउने बताए । उनले भने नयाँ कानुन बनाउने कुरा सबै कपि पेस्ट नहुने, संघ र प्रदेशको कानून फरक–फरक हुनेर कानून मन्त्रालयले बनाउने कुराको समेत जानकारी दिए ।

प्रदेश सभा सचिवालयका कानून अधिकृत शर्मिला बिश्वकर्माले सबै सरोकारवलाहरुलाई अबको कानूनलाई मर्यादित बनाउन आफुसँग भएको क्षमता अभिवृद्धि गरि आ–आफ्नो ठाउँबाट सहभागी हुनुपर्ने भन्दै उनले थपिन ‘म नयाँ कर्मचारी भएकोले पुराना रेकर्ड फाईलहरु हेरेर आफुसगं आउने अधिकारमा निरन्तर लागि परि अधिकार सुरक्षित राख्ने छु ।’

नेपाल कानून समाज कानूनी शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकार र सुशासनको विकासमा सहयोग र्पुयाउने उदेश्यले कानुन र न्याय क्षेत्रका विज्ञहरुद्वारा २०३८ सालमा स्थापना गरिएको संस्था थियोे । उक्त संस्थामा न्यायाधीश, कानून व्यवसायी, न्याय र कानून क्षेत्रमा करिब ३०० जना समाजको सक्रिय सदस्य रहेको छ ।