डेंगु संक्रमण विरुद्ध प्रहरी र विद्यालयको अभियान

710
views

पर्वत, २३, भदौ । नेपालमा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेंगु संक्रमितको संख्या घट्ने भन्दा बढ्दो क्रममा छ । डेंगु विरुद्ध व्यापक जनचेतनाको जरुरी देखिएका बेला पर्वत प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत डेंगु नियन्त्रण र यसबाट बच्ने उपायका बारेमा प्रशिक्षण चलाउँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा स्वास्थ्य कार्यालय पर्वतको सहकार्यमा पर्वत प्रहरीले डेंगु नियन्त्रण र बच्ने उपायबारे प्रशिक्षण दिएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका अधिकृत प्रविन भण्डारीले डेङ्गु भनेको के हो ? यो कसरी हुन्छ ? यसका लक्षणहरु र यसबाट बच्ने उपायहरुबारे जानकारी दिएका थिए ।

त्यस्तै स्वास्थ्य कार्यालय पर्वतका स्वास्थ्य अधिकृत दिपक भण्डारीले आफ्नो घर वरपरको पानी जम्न सक्ने ठाउहरुको सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिदैं लामखुट्टेबाट सर्ने डेङ्गुको लक्षण देखा परेमा तुरुन्त अस्पताल जानुपर्नेमा जोड दिए ।

कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले गरेका थिए ।

डेंगु सचेतनामा विद्यालय
यता श्री आर्दश अंग्रेजी आवासिय मावि लगायत जिल्लाका संस्थागत विद्यालयहरुले पनि डेंगु नियन्त्रण र यसबाट बच्ने उपायहरुबारे सचेतना जगाएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थी शिक्षक र अभिभावकहरुलाई पर्चा पम्प्लेटहरु मार्फत डेंगु विरुद्ध सचेतना जागएका हुन् ।