पर्वतमा ११ जनामा डेंगु संक्रमण

1201
views

महेन्द्र जिसी
पर्वत, २६, भदौ । पर्वत स्थायी ठेगना भएका तर जिल्ला बाहिर रहेका अन्य ११ जनालाई डेंगुको लक्षण देखा परीसकेको छ भने जिल्ला अस्पताल पर्वतमा पनि चार विरामीहरुको उपचार भईरहेको छ । डेंगुका विरामी फेला परेपछि जिल्लाको कुश्मा बजार, डिमुवा, वारीबेनी बजारलाई उच्च जोखिमयुक्त क्षेत्रको रुपमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।यस बाहेक हुवासबजार र फलेवास नगर पालिका बिहादी गाउँपालिकामा पनि डेंगुको जोखिम युक्त स्थानीय निकायको रुपमा देखिएकोले उच्च सर्तकता अपनाउन थालिसकीएको छ ।

छिमेकी जिल्ला कास्की, बागलुङ र म्याग्दीमा डेंगुका विरामी फेला परेसँगै पर्वतमा पनि उच्च सतर्कता अपनाईको हो । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार डेंगु रोगबारे सचेतना अभियान चलाउन थालिएको हो । रागमार्ग रहेको जिल्लामा मानीसहरु वाहीरी जिल्लाबाट आवत जावत बढी हुने भएका कारण डेंगुको संक्रमण जिल्ला सदरमुकाममा बढी रहेको चिकित्सकहरुले बताएका छन । अस्पतालका मेडीकल सुपरडेन्ट विष्णु भण्डारीले अस्पतालमा पनि उच्च ज्वरोका विरामी बढेसँगै डेंगुको परिक्षण गरीरहेको जानकारी दिनुभयो । लामखुटटेबाट जोगीन समेत चिकित्सकहरुले सुझाव दिएका हुन ।

बाईट विष्णु भण्डारी मेडीकल सुपरडेन्ट जिल्ला अस्पताल पर्वत नेपाल सरकारले देशभर डेंगुको प्रकोप बढेपछि निशुल्क स्वास्थ्य उपचार र परीक्षणको घोषणा गरेपनि पर्वत जिल्ला अस्पतालमा भने शुल्क निर्धारण गरिएको छ । अस्पताल व्यवस्थापन समीतीले डेंगु रोग परीक्षण गरेको ५ सय शुल्क निर्धारण गरिएको छ । अन्य जिल्लाहरुमा डेंगुको प्रयोग देखिएसँगै उच्च जोखिममा रहेको भन्दै डेंगु परीक्षणका लागि शुल्क निर्धारण गरीएको हो ।

सरकारले निशुल्क तोकेपनि आवश्यक बजेट उपलब्ध नगराएका कारण खरीद गरीएको औषधिको शुल्क लाग्ने अस्पताल व्यवस्थापन समीती अध्यक्ष गोविन्द पहाडीले बताउनु भयो । अहीले पाँच सय रुपैयाँमा पर्वत अस्पतालले डेँगुको परिक्षण गरीरहेको हो । सबै स्थानीय निकायहरुको समन्वयमा सचेतनात्कम कार्यक्रम भईरहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।