सीको उच्चस्तरीय भेटपछि सम्झौतामा हस्ताक्षर हुँदै

663
views

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङ होटल सोल्टीमा उच्च स्तरीय भेटघाटमा व्यस्त रहेका छन् । सी ले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरुसँग भेटवार्ता गरिरहेका छन् । सीले लगत्तै प्रचण्डसँग अलग्गै भेटवार्ता गरेका छन् ।

दाहालसँगको भेटपछि प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता भएको छ । शनिबार अपराह्न नेपाल आएका सीले शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । शनिबार बेलुका नै सी र देउवाबीच होटल सोल्टीमा भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गरेका छन्। वार्तापछि केही समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि संयुक्त विज्ञप्ती जारी हुनेछ ।