घटना घटाएर मोटरसाईकल चालक फरार

1509
views

महेन्द्र जिसी
पर्वत, २७, असोज । नेपाल रेडक्रस सोसाईटी पर्वतका कार्यक्रम अधिकृत प्रेम केसी सवार मोटरसाईकलले प्रहरी जवान ललीत क्षेत्रीलाई ठक्कर दियो । मोटर साईकलको ठक्करले घाईते भएका क्षेत्री सडकमा लडे । क्षेत्री सडकमा रगताम्य भएर लडेपछि तत्काल पर्वत प्रहरी र प्राथमिक उपचारका कर्मचारीहरु क्षेत्रीको उद्धारमा जुटे ।

स्थानीयहरुले कुन सवारीले घाईतेलाई ठक्कर दियो मेसोमेलो नै पाएनन् । केही वेर यातायात अवरुद्ध भयो । प्रहरीले चालक र यातायातलाई व्यवस्थापन गर्यो घाईतेलाई नेपाल रेडक्रस पर्वतको टोलिले प्राथमिक उपचार गरायो ।

पर्वत प्रहरी र नेपाल रेडक्रस सोसाईटीको प्राथमिक उपचार टोलीले घाईतालाई तत्काल प्राथमिक उपचार गरेर अस्पताल पु¥याईयो । सामान्य उपचारपछि स्थानीय र घटना स्थलमा झुम्मिएर भेला भएको हुलले जानकारी मागे । कुन सवारीले घाईते बनाएर भाग्यो र घाईतेको नाम ठेगाना के हो ? सो समयमा चालक फरार भैसकेका थिए ।

यो कुनै घटना नभई विपद जोखीम न्युनीकरणका लागि अन्तराष्ट्रिय दिवसको अवसरमा गरीएको काल्पनीक घटनामा यस्तै व्यहारीकता र संवेदनशिलता झल्कीएको सडक नाटक हो । यात्राको क्रममा घटना घटेपछि घाईतेको उपचार प्राथमिकतामा पर्ने गर्छ । तर व्यवहारीकतामा यो लागु हुँदैन ।

सवारी साधनले ठक्कर दिएपछि चालक सकेसम्म चाँडो फरार हुने प्रचलनका कारण अनाहकमा घाईतेले ज्यान गुमाउने घटना बढ्न थालेपछि सचेतनाका लागि नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाईटी पर्वतले सडक नाटक मार्फत सचेतना जगाएको हो ।

कुश्मा वाग्लुङ राजमार्गको छेवैमा प्रदर्शन गरीएको नाटकमा सावारी चालक यात्रु तथा स्थानीयले अवलोकन गरेका हुन । घटना घटेपछि घाईतेको उद्धार कसरी गर्नुपर्छ र प्राथमिक उपचार भनेको के हो ? भन्नेवारे सचेतना जगाउन नाटकीय स्वरुपले सचेतना जगाउने प्रयास गरीएको नेपाल रेडक्रस सोसाईटी पर्वतका सभापति रुद्रबहादुर रिमालले बताए ।

सवारी साधनले दुर्घटना घटाईसकेपछि कार्वाहीको डर र घाईतेको उपचार खर्च व्यहोर्नु पर्ने त्रासले चालकहरु उद्धारमा लाग्नुको सट्टा फरार हुने भएका कारण घाईतेहरुले अनाहकमा ज्यान गुमाउँदै आएको संवेदन शिलताको लागि पनि सडक नाटक वोलीरहेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख प्रनाउ स्यामु अर्यालले धेरै सडक दुर्घटनामा घाईते बाँच्न सक्ने अवस्था हुँदा हुँदै पनि स्थानीय र चालकहरुको संवेदहिनताका कारण अकालमा ज्यान गुमाउँदै आएको र घटना बढदै गएका कारण सचेतनाको लागि यस्तो प्रकारको सडक नाटक प्रर्दशन गरिएको बताए ।

विपद जोखीम न्युनीकरण अन्तराष्ट्रिय दिवसको अवसरमा प्रर्दशन गरिएको उक्त सडक नाटकले दुर्घटनाबाट बच्न सकिने रहेछ भन्ने छाप छाडेको छ ।

यस्ता खाले सडक नाटकले स्थानीयमा सचेतना आउने र दुर्घटनाबाट बच्न सकिने भन्दै सडक दुर्घटना न्युनीकरण र अन्य दुर्घटनाको कमी ल्याउनको लागि विपद उद्धार समिति कृयाशिल रहँदै आएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल बताईन् ।