शाहलाई रिहा गर्न माग गर्दै राजपाको प्रदर्शन जारी

1000
views

काठमाडौं, २९ असोज । विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोद कुमार शाहलाई रिहाको माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) ले जनकपुरमा प्रदर्शन गरेको छ । राजपाका कार्यकर्ताले बुधबार सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिएको थिया ।

सर्लाही निर्वाचन क्षेत्र १ बाट राजपा सांसद साहमाथि जनकपुरबाट काठमाडौं जहाज उडान ढिला गरेको आक्रोशमा जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोप लागेको छ । उनलाई प्रहरीले मंगलबार काठमाडौं विमानस्थलबाट पक्राउ गरेको थियो ।

साहलाई पक्राउ गरेको विरोधमा जनकपुर र वीरगञ्जमा राजपा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।