उपचुनावका लागि नेकपा सचिवालयको निर्देशन

676
views

काठमाडौं, २९, असोज । सत्तारुढ नेकपाले प्रतिनिधिसभा र प्रदेश सभाको उपचुनावको उम्मेदवारका विषयमा पार्टी सचिवालयले अन्तिम निर्णय लिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार चयन केन्द्रले गर्ने निर्यण भएको हो ।

बैठकले उपमहानगर, नगर र गाउँपालिकाको मेयर, उपमेयर, अध्यक्ष वा उपाध्यक्षको उम्मेदवार चयन सम्बन्धी निर्णय प्रदेश कमिटीले गर्ने र वडाका उम्मेदवारको चयन सम्बन्धी निर्णय जिल्ला कमिटिले गर्ने निर्णय गरेको छ ।

बैठकले उम्मेदवारका लागि कात्तिक १० भित्र ३ जनाको नाम सिफारिस गर्नुपर्ने निर्यण भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिनधिसभा र प्रदेश सभाका उम्मेदबार सिफारिसका लागि सम्बन्धित निर्वाचन क्षेत्र कमिटी र जिल्ला कमिटीसँगको परामर्शका आधारमा प्रदेश कमिटिले सिफारिस गरेर पठाउनुपर्ने निर्णय भएको छ ।

स्थानीय तहको उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, मेयर उपमेयरका लागि सम्बन्धित गाउँ, नगर कमिटिको सिफारिसका आधारमा प्रदेश कमिटिले उम्मेदवार चयन गर्नेछ वडाका उम्मेदावरका हकमा भने वडा कमिटि र गाउँ कमिटिको परामर्शका आधारमा जिल्ला कमिटिले चयन गर्ने भएको छ ।

संगठन विभागमा पूर्णता
नेकपाको संगठन विभागले पूर्णत पाएको छ । आज संगठन विभागमा तीनजना थपिएपछि संगनल पूर्णता पाएको हो । यस अगाडी प्रमुख वामदेव गौतम र उपप्रमुख जर्नादन शर्मा रहेकोमा बुधबारको बैठकले स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु भानुभक्त ढकाल र हरि अधिकारीलाई सदस्यमा थप गरेको छ ।