एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

1034
views

काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । उनी कुल आचार्यलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

पन्तले १ हजार ९४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी आचार्यले ९ सय ५९ मत मात्र प्राप्त गरे । पन्त बामपन्थी समूहवाट र आचार्य लोकतान्त्रिक समूहवाट उम्मेदबार बनेका थिए ।

उपाध्यक्षमा पन्त समूहबाट अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा र आचार्य समूहबाट मन केसी र रविना थापा निर्वा्चित भएका छन् । महासचिवमा पन्त समूहका हेमराज शर्मा चुनिएका छन् । यस्तै, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ तथा सचिवमा गौरी जोशी र आरके शर्मा निर्वा्चित भएका छन्। जोशी आचार्य समूहका हुन् । सह(कोषाध्यक्षमा आचार्य समूहबाटै लोक दाहाल निर्वा्चित भएका छन् ।

नवनिर्वा्चित अध्यक्ष पन्तले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गरेका थिए। उनले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिएका छन् ।

संघको नवौं महाधिवेशनबाट केन्द्रीय समितिमा ४२ जना पदाधिकारी निर्वा्चित गरेको हो । महाधिवेशनमा विश्वभरीबाट करिब २ हजार ८ सय प्रतिनिधि सहभागी थिए ।

तिमध्ये दुई हजार ५ सय ७० मतदाताले बिहीबार मतदान गरेका थिए । बुधबारका लागि तय भएको मतगणना विद्युतीय मेशिनको गढबढीका कारण बिहीबारमात्रै भएको थियो ।