प्रधानमन्त्री अजरबैजान प्रस्थान

496
views

काठमाडौं । प्रधानमन्त्री केपी ओली अजरबैजान प्रस्थान गरेका छन् । प्रधानमन्त्री असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ लागेका हुन् । उनी बिहान करिब १२ बजेतिर त्रिभुवन विमानस्थलबाट अरजबैजान प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि अरजबैजान गएकी छन् । भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग प्रधानमन्त्रीको अजरबैजानको राजधानी बाकुमा भेटवार्ता हुने छ ।

नाम सम्मेलन साइडलाइनमा भेनेजुयलाकै आग्रहमा प्रधानमन्त्री ओलीले मडुरोलाई भेट्नेछन् । मडुरो नामको वर्तमान अध्यक्ष हुन् । ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम छ ।

ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनकाई नायडुलगायतसँग भेटघाट गर्नेछन्। सम्मेलनमा भारतले आलंकारिक उपराष्ट्रपतिलाई सहभागी गराएर असंलग्न आन्दोलनको महत्त्वबाट बाहिर रहन खाजेको सन्देश दिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्रसचिव शंकरदास बैरागी जापानबाटै बाकु गएका छन् । असंलग्न मुलुकबीच द्वन्द्व चर्किरहेको विषयलाई नेपालले जोड दिँदै सहकार्य नै विकासको पहिलो कदम भनेको छ । भ्रमण सकेर प्रधामन्त्री कार्तिक २० गते स्वदेश फर्कनेछन् ।