हर्षोउल्लासका साथ सकियो छठ

916
views

बारा, १७, कार्तिक । आईतबार बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ हर्षोउललासका साथ सकिएको छ । नदीमा बनाइएको सजिया घाटमा पूजा गरेपछि व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिए ।

सूर्यलाई अर्घ दिन बाराको विभिन्न जलाशय र छठ घाटमा भक्तालुको भीड लागेको थियो । यसअघि शनिबार साँझ अस्ताउँदो सूर्यलाई व्रतालुले अर्घ दिएका थिए ।

बाराको पथलैया, सिमरा, जीतपुर, अमलेखगंज, निजगढ, डुमरवाना, नितनपुर, परवानीपुर, सिम्रौनगढ, कोल्हवीलगायतका स्थानमा छठ पुजाका लागि सजिया घाट बनाइएको थियो । छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई व्रतालुले अर्घ दिने गर्दछन् ।