म्याग्दी जिप दुर्घटनामा २ को मृत्यु

831
views

म्याग्दी, १५, कार्तिक । म्याग्दीको मालिका गाउँपालिका ३ रुममा शुक्रबार दिउसो भएको जिप दुर्घटनामा दुइजनाको घटनास्थलमै मृत्यु छ । दरवाङबाट यात्रु लिएर रुम जाँदै गरेको ध १ ज ५९५ नम्बरको जिप मालिका गाउँपालिका २ तास्के भिरमा दुर्घटना भएको प्रहरी निरिक्षक ध्रर्व शर्माले जानकारी दिए ।

जिप सडकबट पाँचसय मिटर तल खसेकाले उद्धारमा कठिनाई भएको छ । दुर्घटनामा १५ जना सामान्य घाईते भएका छन् । दरवाङ इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको हो ।