देजमोले घन्क्यायो भारत विरोधी नारा (तस्विर सहित)

2038
views

काठमाडौं । भारत सरकारले सिमा अतिक्रमण गरेको नयाँ नक्सा जारी गरेपछि सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले वृहत विरोध प्रर्दशन गरेको छ ।

विरोधमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका नेता कार्यकर्ताहरु सडकमा उत्रिएका हुन । राजाधानीका विभिन्न स्थानमा उनीहरुले भारतविरुद्ध चर्को नारा लगाउँदै विरोध गरेका हुन् ।

मोर्चाले निकोलेको विरोध प्रदर्शनपछि मोर्चाका महासचिव परि थापाले सम्बोधन गरेका थिए । विरोध प्रर्दशनलाई संबोधन गर्दै थापाले भारत सरकारद्वारा हालै सार्वजनिक गरिएको नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्नेे भूभागलाई भारतमा गाभेकोले तुरुन्त हटाउनुपर्ने बताए ।

उनले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि भारतले गरेको नाङ्गो अतिक्रमण देजमोलार्य शैय्य नहुने चेतावनी दिए ।

थापाले भारतीय विस्तारवादद्वारा नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमणबारे आलटाल नगरी आवश्यक सत्यतथ्य प्रकाशमा ल्याई भारतको यस कदमको कडा विरोध गर्न र नेपालको सार्वभौमिताको पक्षमा दह्रोसंग उभिन आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदार माग गरे ।

तस्विरहरु : सागर श्रेष्ठ