उपनिर्वाचनका लागि अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन

758
views

काठमाडौं, २४, कार्तिक । नेपाली कांग्रेसले केन्द्रिय सदस्य रमेश लेखकको संयोजकत्वमा ६ सदस्यीय अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धांधलीरहित एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि “अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६” को गठन गरेको हो ।

लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य सीता गुरुङ्ग, नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सिताराम के.सी., अधिवक्ता तेज रावल सदस्य र सदस्य सचिवमा अधिवक्ता केशव रिजाल छन् ।

समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्ने ेपाली काँग्रेसले जनाएको छ ।