‘नेपालकी विभूति सीतालाई ईन्डिया लैजान रोक्नुपर्छ’

781
views

-स्वागत नेपाल
कुनै पनि ज्वाइँ बन्न खोज्नेले सासुको बलात्कार गर्छ भने त्यस्तासँग त्यस घरमा छोरीको विवाह गराइन्छ कि गराइँदैन ? हो ठीक त्यसैगरी इण्डियनहरु हाम्रो मातृभूमि विरुद्ध सीमा मिची अस्मिता लुटेर बलात्कार सरहको अपराध गर्ने इण्डियनहरु नेपालको जनकपुरमा नेपालकी विभूति सीतालाई विवाह गरी लैजान आउँदैछन् ती इण्डियनहरुलाई रोक्नुपर्छ ।

प्रत्येक पाँच वर्षमा सँधियार शत्रुराष्ट्र इण्डियाको अयोध्याबाट हाम्रो मातृभूमि नेपालको पवित्र जनकपुरधामस्थित जानकी मन्दिरमा नेपालकी विभूति सीतामातालाई स्वयमबर गरी जन्ति सहित लिन आउने टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा स्वागत गरिने र सीतामातालाई इण्डिया लगिने कार्यक्रमलाई नेपालको पवित्र मातृभूमिमाथि बलात्कार सरहको अपराध गरी हाम्रो सीमा मिचेको विरोधमा स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले भौतिक रुपमा व्यवधान खडा गरी असफल बनाउने भएको छ । सीतामाताको स्वयमवरका लागि इण्डियाबाट जन्ती हिँडिसकेको इण्डियाका सञ्चारमाध्यमले जनाइसकेका छन् । मंसिर ११ गते जनकपुर आइपुग्ने, १३ गते रंगभूमि मैदानमा स्वागत गरिने, १५ गते आइतबार स्वयम्वर गरी १६ गते इण्डियनहरुलाई बिदा गरिने भन्ने कार्यक्रममा इण्डियनहरुलाई सहभागी हुन नदिन स्वतन्त्र राष्ट्रिय अभियान नेपाल भौतिक व्यवधानका लागि विरोध प्रदर्शनमा सहभागी हुन पनि आग्रह गर्दछौं ।

जबसम्म नेपालको मिचिएको भूमि फिर्ता गरेर विशाल नेपाल कायम हुँदैन तबसम्म हाम्री सीतामातालाई नेपालबाट विवाह गरी इण्डिया लैजान पनि दिँदैनौं ।

इण्डियाले नेपालबाट सीतामाताको स्वयम्बर गरी दहेजका रुपमा जबरजस्ती नेपालका भूमि मिच्ने गरेको विरोधमा अभियानले सीतामातालाई इण्डिया लैजान रोक्ने यो कार्यक्रम धार्मिक कार्यमा विरोध नभई यो कार्यक्रम नै परापूर्व नभई २०६१ देखि मात्र इण्डियाले साँस्कृतिक रुपमा हाम्रो सम्बन्ध राम्रो रहेको देखाउन जन्ती आउने क्रम शुरु गराएको स्मरण गराउन चमहान्छौं । हामी विवाह पञ्चमीको धार्मिक विश्वासप्रति पूर्णरुपेण साष्टांग प्रणाम गर्दै श्रद्धाभाव समेत व्यक्त गर्दछौं । जबसम्म नेपालको मिचिएको भूमि फिर्ता गरेर विशाल नेपाल कायम हुँदैन तबसम्म हाम्री सीतामातालाई नेपालबाट विवाह गरी इण्डिया लैजान पनि दिँदैनौं । दुश्मनसँग यस्तो सम्बन्ध समेत रहन नसक्ने भएकोले यस्तो बाध्यात्मक निर्णयमा अभियान पुगेको जानकारी गराउँछौं । यसका लागि स्वतन्त्र राष्ट्रिय अभियानको सशक्त टिम उक्त स्थानमा जुनसुकै रुपमा पनि सक्रिय रहने छ । दुवै देशका सरकारले १९५० को शान्ति तथा मैत्री सन्धीको धारा ८ पूर्ण रुपमा लागू गरी विशाल नेपाल कायम गर्ने, नेपालको भूमि इण्यिातर्फ पारी प्रकाशित गरेको भ्रामक मानचित्र तत्काल बदर गर्ने र नेपालको भूमि मिची राखिएका इण्डियन सेना तत्काल फिर्ता गर्ने निर्णय नगरे स्थिति असामान्तय बन्न सक्ने चेतावनी दिँदै यसबाट पर्न सक्ने सम्पूर्ण क्षतिको जिम्मा दुवै देशका सरकारले लिनुपर्ने पनि जानकारी दिन चाहान्छौं । 

लेखक स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक हुन ।